Logo

नेपालगन्जकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश



Spread the love

२४ असोज, काठमाडौँ। प्रहरीलाई नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी रुबीको अवस्था अज्ञात भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गरेको हो ।

रुबी खानसहित नेपालगन्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी गत बुधबार राति न्याय माग्न भन्दै काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्