Logo

संसद्‌मा आज पनि एमालेको अवरोध कायमै, २५ गतेसम्मका लागि बैठक स्थगित



Spread the love

२२ असोज, काठमाडौँ। प्रतिनिधिसभा बैठक असोज २५ गते दिउँसो २ सम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सांसदले प्रतिनिधिसभामा आज पनि सदाझैँ बैठक प्रारम्भ हुनासाथ रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०५ को व्यवस्था र प्रतिनिधिसभा नियमावलीअनुसार सांसदलाई संयमित हुँदै प्रस्तुत हुन आग्रह गरेका थिए।

एमालेले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्