Logo

कात्तिक २७ गतेका लागि तय भएको राप्रपाको महाधिवेशन सर्नै



Spread the love

२२ असोज, काठमाडौँ। आगामी कात्तिक २७ गते तय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सर्ने भएको छ । पार्टीको असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला तहको अधिवेशन अझै नसकिएकाले अधिवेशन सर्ने भएको हो ।

बाँकी २५ जिल्लाको अधिवेशन गर्न छिट्टै अध्यक्षत्रयको बैठक बसेर निर्णय गर्नै राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

शनिबार अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाबीच बैठक बसेर आवश्यक निर्णय हुने ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्