Logo

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री देउवा



Spread the love

२२ असोज, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवा राजनीतिक भेटघाट र समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। प्रधानमन्त्री बनेको झण्डै तीन महिना पछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने भएका हुन्।

बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएका छन्।

प्रतिक्रिया दिनुहोस्