Logo

विश्वकप छनोट – ब्राजिलको अपराजित यात्रा कायमै, बराबरीमा रोकियो अर्जेन्टिना



Spread the love

एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा ब्राजिलले लगातार नवौं जित हात पारेको छ । आज बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ ले पराजित गर्दै ब्राजिलले अपराजित यात्रालाई कायमै राखेको हो ।

दक्षिण अमेरिकी समूहकै अर्को खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेलेको छ ।

आज बिहानका खेलहरुपछि लेटिन अमेरिकी समूहको छनौटमा ९ खेलबाट २७ अंक जोडेको ब्राजिल शिर्ष स्थानमा यथावत छ । यो बराबरीसँगै १९ अंक जाडेको अर्जेन्टिना दोस्रो स्थानमा छ पराग्वे भने १२ अंकका साथ पराग्वे छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्