Logo

नागरिकताप्रति गुल्मेलीको लापरबाही, नागरिकता हराउनेको संख्या बढ्दै



Spread the love

२१ असोज, गुल्मी । नेपाली नागरिक हो भनी राज्यले दिएको प्रमाण पत्र नै नागरिकता हो । राज्यले आफ्ना नागरिक भएको पहिचान गर्ने र हरेक क्षेत्रमा अनिवार्य प्रयोग हुने नागरिकता पहाडी जिल्लामा प्राप्त गर्न केही सहज र पुनः प्रतिलिपि लिन समेत कुनै समस्या हुदैन । जसका कारण पछिल्लो समय नागरिकता हराउने र प्रतिलिपि बनाउनेको संख्या बढ्दै जान थालेको छ ।

गुल्मीमा नागरिकता नयाँ बनाउनेसँगै हराउनेको संख्या पनि बढिरहेको छ । नागररिकता जस्तो संवेदनशिल प्रमाणपत्रमाथि हेलचक्र्याइं गर्दा हरेक वर्ष चार हजार भन्दा धेरै गुल्मेलीले नागरिकताको प्रतिलिपि लिई रहेका छन् ।

गुल्मीमा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथ्यांक रहेको छ । अघिल्लो आर्थिक वर्षमा आठ हजार एक सय ८४ नयाँ नागरिकता बन्दा चार हजार ६ सय १५ प्रतिलिपि बनेका छन् । त्यस्तै, यस आर्थिक वर्षको साउन र भदौमा एक हजार तीन सय ८४ नागरिकता बन्दा ६ सय ६३ जनाले प्रतिलिपि बनाएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्