Logo

इटलीको अपराजित यात्रामा पुर्णविराम लगाउँदै स्पेन पुग्यो नेशन्स कपको फाइनलमा



Spread the love

एजेन्सी । इटलीलाई पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै २-१ ले स्पेनसँग पराजित भएको हो ।

स्पेनका लागि फेरानले १७औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए । इटलीका लागि लरेन्जो पेलेग्रिनीले ८३औं मिनेटमा एक गोल फर्काए । ४२औं मिनेटमा लियोनार्दो बोनुचीले रातो कार्ड पाएपछि इटली १० खेलाडीमा समेटियो ।

हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ ।सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता इटली ३७ खेलमा अपराजित थियो ।

प्रतिक्रिया दिनुहोस्