Logo

ईपीएल – फाइनल प्रवेशका लागि भैरहवाले पोखराको सामाना गर्दै



Spread the love

२१ असोज, काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज दोस्रो क्वालिफायर अन्तर्गत भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछ । त्रिवी क्रिकेट मैदानमा सवा १२ बजे भैरहवा र पोखरा खेल्नेछन् ।

भैरहवा इलिमिनेटरमा काठमाण्डौ किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो ।

भैरहवा र पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवनसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्