Logo

रसायनशास्त्रको नोबेल पुरस्कार बेलायती र जर्मनी वैज्ञानिकलाई



Spread the love

२० असोज, काठमाडौं । जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड म्याकमिलानलाई संयुक्तरुपमा यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ ।

नोबेल पुरस्कार कमिटिले अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उनीहरुलाई नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।

यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्