Logo

ईपीएल – पोखरालाई हराउँदै चितवन पुग्यो फाइनलमा



Spread the love

२० असोज, काठमाडौँ। – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगेको छ । पोखरालाई ९ विकेटले हराउँदै चितवनले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पोखराले दिएको ६७ रनको झिनो लक्ष्य पछ्याएको चितवनले १ विकेटको नोक्सानीमा ७.५ ओभरमा पुरा गर्यो। चितवनका लागि सर्वाधिक ४७ रन जोडेका थिए। पहिलो खेल खेलेका हासिम अन्सारीले १७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १३ रन बनाए ।

यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा मात्र ६६ रन बनाउँदै अलआउट भएको थियो । पोखराका लागि रिचार्ड लेभीले १९ र सुनिल धमलाले १८ रन बनाए । बलिङतर्फ चितवनका सागर ढकाल र शाहब आलमले चार–चार विकेट लिए ।

पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ ।आजै हुने भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स ११ बीच हुने एलिमिनेटरको खेलको विजेतासँग पोखराले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्