Logo

एमालेको अवरोधपछि ८ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक



Spread the love

१९ असोज, काठमाडौँ। आज बसेको प्रतिनिधिसभाको बैठक ८ मिनेटमै सकिएको छ । अर्काे बैठक असोज २२ गतेसम्मका लागि स्थगित गरिएको हो। सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ नाराबाजीसहित एमालेले विरोध प्रदर्शन गरेको थियो।

विरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६र७७ प्रतिनिधि सभामा पेश गरे।

नवौं अधिवेशन सुरु भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्