Logo

जापानको नयाँ प्रधानमन्त्रीमा फुमियो नियुक्त



Spread the love

एजेन्सी। जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा निर्वाचित भएका छन्। गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले किशिदालाई संसदील दलको नेतामा चयन गरेसँगै उनले प्रधानमन्त्री बनेका हुन्।

आज बोलाइएको तल्लो सदनको विशेष अधिवेशनमा किसिदा आधिकारिकरुपमै जापानको १०० औं प्रधानमन्त्री बनेका हुन् ।

उनी नेतृत्वको सरकारलाई कोरोनापछि जापानमा खस्किएको अर्थतन्त्रलाई उकास्न चुनौती थपिएको छ। उनले उत्तर कोरियाको चुनौतीको समेत सामना गर्नुपर्ने अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्