Logo

राणाको स्पष्टिकरण – झुटो समाचार हो भ्रममा नपर्नुहोला, मन्त्री बाँडफाँटमा भाग खोजेको छैन



Spread the love

१८ असोज, काठमाडौँ। प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले मन्त्रिपरिषदमा भागबण्डा खोजेको आरोपसहित समाचार बाहिरिएसँगै उनी विवादमा परेका छन्। समाचारको विषयलाई लिएर सर्वोच्च बार एशोसियशनले प्रधानन्यायाधीश राणाको ध्यानाकर्षण गराउँदै मंगलबार आकस्मिक रुपमा इजलास बस्नुअघि राणालाई भेटेका हुन्।

राणाको उक्त कमदको विरोध गर्दै सर्वोच्चभित्रै र बाहिरबाट उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ।

राणाले बारका प्रतिनिधिन समक्ष भने, ‘यो विषयले म गम्भीर छु। स्वतन्त्र न्यायापालिकाको पक्षमा प्रतिबद्ध छु। हामीले मन्त्रिपरिषदमा भागबण्डा खोज्ने कुरै हुँदैन। यसलाई विज्ञप्तिमार्फत खण्डन गर्न लगाउँछु। उनले भने, ‘ विगतदेखि नै न्यायपालिकामाथि सुनियोजित प्रहार भइरहेको छ । त्यसैको निरन्तरता यो घटना हो। यो झुटो समाचार हो। भ्रममा नपर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्