Logo

पूर्वफिफा रेफ्री खत्रीको निधन



Spread the love

१८ असोज, काठमाडौँ । पूर्वफिफा रेफ्री लव खत्रीको ५० वर्षको उमेरमा निधन भएको छ । खत्री सोमबार बिहान घरको बाथरुममा लडेका थिए । तत्काल मेडिसिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ(एन्फा) ले जानकारी दिएकाे छ ।

खत्री पछिल्लो समय रेफ्री इन्स्ट्रक्टरको रूपमा काम गर्दै आएका थिए। सन् २०१८ मा उमेर हदका कारण उनले फिफा रेफ्रीबाट अवकास पाएका थिए।

उनको आजै अन्तिम संस्कार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्