Logo

भाडा बढाउन माग गर्दै यातायात व्यवसायी आन्दोलित, ५१८ सवारी होल्डमा



Spread the love

१८ असोज, काठमाडौँ। भाडा बढाउन माग गर्दै यातायात व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। लगातार पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि भाडादर भने समायोजन नगरिएको भन्दै काठमाडौंको चक्रपथ लगायत अन्य ठाउँमा सवारी साधान रोकेर विरोध प्रदर्शन गरेका हुन्।

व्यवसायीले बौद्धबाट चावहिल, ग्वार्को, महाराजगञ्ज, एयरपोर्ट, बालाजु बसपार्कमा ५१८ वटा गाडी ‘होल्ड’ मा राखेका हुन् । उनीहरुले इन्धनको मूल्य बढेको अवस्थामा भाडा पनि बढाउनुपर्ने माग गरेका छन्।

तेलको मूल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि भाडा १५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्