Logo

काठमाडौं उपत्यकामा थपिए २५५ कोरोना संक्रमित, ९ जनाको मृत्यु



Spread the love

१७ असोज, काठमाडौँ। १,०९२० नमूना परीक्षणमा ६ सय ७९ जनामा कोरोना संक्रमण देखिएकाे छ। पछिल्लो २४ घन्टामा ७०७० नमूनाको पीसीआर र ३ हजार ८५० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ५७४ र एन्टिजेन विधिबाट १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, मन्त्रालयका अनुसार काठमाडौंमा २२२, ललितपुरमा २० र भक्तपुरमा १३ जना थप संक्रमित फेला परेका हुन्। बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन्।

पछिल्लो २४ घन्टाभित्र ९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्