Logo

एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद, लोगो पनि फेरियो



Spread the love

१७ असोज, काठमाडौँ। नेकपा एमालेले आधिकारीक लोगो परिवर्तन गरेको छ । जारी पहिलो विधान महाधिवेशनले सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो पारित गरेको हो ।

यसअघि सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखिएको थियो ।

साथै, एमालेले एक अध्यक्ष, वरिष्ठसहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारी बनाउने भएको छ । पोलिटब्युरो रहने छैन भने ४५ सदस्यीय पदाधिकारी र २२५ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।

गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्