Logo

के गुगल फोटोजबाट फोटो डिलिट भयो ? कसरी गर्ने रिकभर



Spread the love

एजेन्सी । डिलिट भएको आफ्नो फोटो गुगल फोटोज एपबाट ब्याकअप गर्ने सकिन्छ। यसबाट कुनै पनि ठाउँमा जुनसुकै बेला तस्वीर तथा भिडियोहरू एक्सेस गर्न सकिन्छ ।

यदि तस्वीरहरू डिलिट भयो भने पनि ६० दिनभित्र रिकभर गर्न सकिन्छ । तर, यो फिचर फोटोज ब्याकअप र सिंक एक्टिभ भए मात्रै काम गर्छ ।
यसरी गर्न सकिन्छ रिस्टोर
सबैभन्दा पहिले गुगल फोटोज एप खोल्नुहोस् ।
त्यसपछि तल दायाँ पट्टी रहेको लाइब्रेरी सेक्सनमा क्लिक गर्नुहोस् ।
जुन फोटो रिकभर गर्न चाहनुहुन्छ, त्यसलाई सर्च गरेर सेलेक्ट गर्नुहोस् ।
तल दिइएको रिस्टोर अप्सनमा क्लिक गरेपछि भिडियो वा फोटो तपाईंको ग्यालरीमा सेभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्