Logo

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह



Spread the love

१७ असोज, काठमाडौँ। अखिल क्रान्तिकारीको अध्यक्ष सुर्खेत निवासी पञ्चा सिंह भएकी छन् । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो ।

शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीको अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्