Logo

ला लिगा – एट्लेटिको मड्रिडसँग बार्सिलोना पराजित



Spread the love

एजेन्सी । स्पेनिस ला लिगाको साबिक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ। गएराति भएको खेलमा बार्सिलोनालाई एट्लेटिकोले २–० गोलले हराएको हो।

एट्लेटिकोको जितका लागि थोमस लेमर र लुई सुआरेजले गोल गरेका हुन्। घरेलु मैदानमा खेलको २३ औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले ८ खेलबाट १७ अंक बनाएको छ। शीर्षस्थानको रियल मड्रिडको पनि समान १७ अंक रहेको छ। यद्यपि रियलले भने सात खेल खेलेको छ।

प्रतिक्रिया दिनुहोस्