Logo

ईपीएल – चितवन प्ले अफमा, पोखरा पराजित



Spread the love

१५ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्ससँग पोखरा पराजित भएको छ । आज भएको खेलमा चितवनले पोखरालाई ९ विकेटले हराउँदै प्ले अफमा पुगेको हो ।

पोखराले दिएको १२४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा पुरा गर्‍यो । चितवनका लागि मोहमद साहजाद ६३ रन जोड्दा र भिमले ५४ रनको अर्धशतकीय पारी खेले । ५बलिङतफै बिक्रम सोबले १ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको थियो । पोखराका लागि विवेक यादवले ५३ रनको अर्धशतकीय पारी खेले ।

जित निकाल्दै चितवन तालिकाको शीर्ष स्थानमा छ भने पराजित पोखरा ३ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्