१५ असोज, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ८९८ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ११३ पीसीआर परीक्षणमा आज थप ८९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ३६८ परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ९३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६६ हजार ६९६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्