१५ असोज, काठमाडौं। दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण नेपालमा नहुने भएको छ। आजदेखि माल्दिभ्समा सुरू हुने साफको प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सम्भब नभएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जानकारी दिएको छ।
एन्फाले सेप्टेम्बर २४ तारिखमा प्रशारण अधिकारका लागि कम्तिमा ४० लाख रुपैयाँमा प्रशारण अधिकार लिने आवेदन माग भए पनि त्यसलाई सम्बोधन गर्ने गरी आवेदन नपरेको एन्फाले जनाएको छ।
एन्फाले नेपाली समर्थकको असुविधाका लागि दुस्ख व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्