Logo

एमालेको विधान महाधिवशेनमा किन सहभागी भएनन् नेता प्रभु साह ?



Spread the love

१५ असोज, काठमाडौँ । नेता प्रभु साह एमालेको विधान महाधिवशेनमा सहभागी नहुने भएका छन्। आफ्नो माग अध्यक्ष केपी ओलीले सम्बोधन नगरेको कारण देखाउदै साह महाधिवेशनमा सहभागी नहुने भएका हुन्।

केही दिनअघि अध्यक्ष ओलीलाई भेटेर तत्कालीन नेकपाकै निरन्तरताका रुपमा अघि बढाउनुपर्ने आफ्ना मागबारे जानकारी गराएका साहले शुक्रबार आफू निकट कार्यकर्तासँग छलफल गरेपछि आजबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएका हुन्।

पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि साह प्रचण्ड(माधव समूह छाडेर मन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्