Logo

एमालेको महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागि, बिहानदिउँसोको खाजा पार्टीको तर्फबाट



Spread the love

१४ असोज, काठमाडौँ। भोलीबाट हुने नेपाल कम्युनिष्ट पार्टी  एमालेको पहिलो विधान महाधिवेशनको तयारी सम्पन्न भएको छ । एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।

समितिले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ललितपुरको सनराइज हलमा हुने बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर शुक्रबार दिउँसो १२ : १५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

त्यस्तै, ६ हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा सहभागीहरूले बिहानको खाना र दिउँसोको खाजा पार्टीको तर्फबाट पाउने छन् भने बेलुकीको खाना र बासस्थानको व्यवस्था भने आफैँले गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्