Logo

मास्क नलगाउनेले सार्वजनिक यातायात चढ्न नपाउने



Spread the love

१४ असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा मास्क नलगाएका यात्रुले सार्वजनिक यातायात चढ्न नपाउने भएका छन् । बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मास्क नलगाएका यात्रुहरुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरेका हुन् ।

प्रशासनले कोरोना संक्रमणको जोखिमका कारण सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइजको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्