Logo

ईपीएल – लगातार दोस्रो जीत निकाल्दै चितवन उक्लियो शीर्षस्थानमा



Spread the love

१४ असोज, काठमाडौँ । काठमाडौं किंग्स ११ लाई हराउँदै चितवन टाइगर्से एभरेस्ट प्रिमियर लिग (ईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । चितवनले काठमाडौंलाई ३ विकेटले पराजित गदै लगातार दोस्रो जीत निकालेको हो।

काठमाडौँले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले ८ बल अगाडि नै भेटायो । राजेश पुलामी मगर र कमलसिंह ऐरीले २८ बलमा ४७ रनको अविजित साझेदारी गरी चितवनलाई विजय दिलाएका हुन् ।

काठमाडौंका लागि जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा सन्दीप लामिछाने, जनक प्रकाश र गुलशन झाले १–१ विकेट हात पारे।

टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेटको नोक्सानीमा एक सय ४१ रन बनायो । काठमाडौंका लागि सुवास खकुरेलले ३५ रन बनाए भने राजु रिजालले २८ रनको योगदान गरे । यस्तै जनक प्रकाशले २६ रन जोडे।काठमाडौंका कुनैपनि खेलाडीविच बलियो साझेदारी हुन सकेन । बलिङमा सागर ढकालले चार विकेट लिए ।

चितवनको २ खेलबाट ४ अंक भएको छ । काठमाडौंले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।

प्रतिक्रिया दिनुहोस्