Logo

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित



Spread the love

१४ असोज, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाहेक संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र०बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

नेकपा ९एकीकृत समाजवादी०का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी ९जसपा०का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपका नेता प्रेम सुवाललगायत सहभागी छन् ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्