Logo

राजकुमार लेखीले छाडे लोकतान्त्रिक समाजवादी पार्टी, एमालेमा प्रवेश गर्दै



Spread the love

१४ असोज, काठमाडौँ। आदिवासी जनजाति नेता राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन्। उनले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका छन्।

उनी नेकपा एमालेमा भोलि प्रवेश गर्दैछन्। जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिएको उनको भनाइ छ ।

लेखीको राजीनामा पछि उपेन्द्र यादव नेतृत्वको जसपामा जाने चर्चा चले पनि लेखीले भने जसपामा जानुको अर्थ नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्