Logo

ईपीएल – काठमाडौंद्वारा चितवनसामु एक सय ४२ रनको लक्ष्य प्रस्तुत



Spread the love
तस्बिर- ईपीएल

१४ असोज, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाई एक सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेटको नोक्सानीमा एक सय ४१ रन बनायो ।

काठमाडौंका लागि सुवास खकुरेलले ३५ रन बनाए भने राजु रिजालले २८ रनको योगदान गरे । यस्तै जनक प्रकाशले २६ रन जोडे।काठमाडौंका कुनैपनि खेलाडीविच बलियो साझेदारी हुन सकेन ।

बलिङमा सागर ढकालले चार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्