Logo

२४ घण्टामा ८ जनाको मृत्यु, उपत्यकामा थपिए तीन सय ३५ संक्रमित



Spread the love

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ५४१ नमूना परीक्षणमा ११ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १०६५२ नमूनाको पीसीआर गर्दा ८९२ र ३ हजार ८८९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको हो।

यस्तै, काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्