Logo

ईपीएल – सात ओभरमा घटाइएको खेलमा ललितपुरको मध्यम सुरुवात



Spread the love

१३ असोज, काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सविरुद्ध पोखरा राइनोजले बलिङ गरिरहेकाे छ । पोखराका कप्तान विनोद भण्डारीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।

दुई टोलीबीचको खेल सात ओभरमा घटाइएको छ । ललितपुरले ६ ओभरकाे समाप्तिमा ४ विकेट गुमाउँदै ४६ रन जोडको छ ।

पहिलो खेलमा काठमाडौं–११ सँग पराजित भएको साविकको विजेता टोली ललितपुरलाई आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ । पोखरा पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।

कीर्तिपुर मैदानमा ड्रेनेजको ब्यवस्था नहुँदा भारी बर्षा भएको खण्डमा पानी जम्ने हुँदा यसपटक त्यसको असर इपीएलमा परेको छ । यसअघिको खेलमा ललितपुर काठमाडौंसँग पराजित भएको थियो भने पोखराले भैरहवा ग्लाडियटर्ससँग अंक बाढेको थियो ।

प्रतिक्रिया दिनुहोस्