Logo

महाराष्ट्रमा भीषण वर्षा हुदाँ १३ जनाले गुमाए ज्यान



Spread the love

एजेन्सी । भारतको महाराष्ट्रस्थित मराठवाला इलाकामा शनिबार बिहानैदेखि मुसलधारे वर्षा भएको छ। वर्षाका कारण आएको बाढी तथा हावाहुरीका कारण अहिलेसम्म १३ जनाको मृत्यु भएको भारतिय सञ्चार माध्यमले जनाएको छ।

५६० बढी मानिसहरुलाई उद्धार गरिसकिएको छ भने अझै उद्धार कार्य जारी राखेको त्यहाँका प्रहरीले बताएका छन्। वर्षाका कारण मुम्बईका धेरै तराई क्षेत्रहरु डुवानमा परेको छ भने कैयौँ घरहरु क्षतिग्रस्त भएका छन् र पशुचौपाया समेत बगाएको छ।

मराठवाडा, मुम्बई क्षेत्रमा २४ घण्टा वर्षा जारी रहने पूर्वानुमान भारतीय मौसम विज्ञान विभागले गरेको छ।

प्रतिक्रिया दिनुहोस्