Logo

पछिल्लो २४ घण्टामा थप ११५८ मा कोरोना संक्रमण, १२ जनाले गुमाए ज्यान



Spread the love

१२ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १२ जनाले ज्यान गुमाए भने १३१८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर संक्रमितको संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेनबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको छ ।

हालसम्म ७ लाख ६३ हजार ७३४ जना निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्