Logo

परराष्ट्रमन्त्रीको सपथ गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट



Spread the love
फाइल तस्बिर

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको पद तथा गोपनियताको सपथविरुद्द सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको सपथ गराइएको भन्दै सपथको बदरको मागसहित रिट दायर गरेका हुन् ।

पुनः सपथ नलिएसम्म खड्काले परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई भदौ ६ गते परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन् । बुधबारका लागि उक्त रिटको पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्