Logo

केपी ओली भन्छन् – ‘दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी दुबै बदनियतपूर्ण छ’



Spread the love

१२ असोज, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै असंवैधानिक र बदनियतापूर्ण रहेको भन्दै आपत्ति जनाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत दल विभाजन सम्बन्धी अध्यादेश खारेज गराएको भोलिपल्ट आफूलाई भेट्न पुगेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत ओलीले यस्तो सन्देश पठाएका हुन् ।

सरकारको यस्तो गतिविधिले सरकार र प्रतिपक्षीबीचको सम्बन्ध सुमधुर नहुने चेतावनी पनि दिएका छन्। कानुन मन्त्री कार्कीसँगको भेटमा ओलीले अध्यादेशको खेलमा सरकारी रबैयाप्रति आफ्नो दलको गम्भीर आपत्ति रहेको सन्देश पनि पठाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्