Logo

बालबालिकाले कहिलेबाट पाउनेछन् मोर्डना र फाइजरको खोप ?



Spread the love

काठमाडौँ । अहिले नेपालमा कोभिडसिल्ड वा एष्टाजेनिक, जोनसोन एण्ड जोनसोन र भेरोसेल खोप लगाइँदै आएको छ । यी खोप १८ वर्ष माथिका उमेर समुहलाई लगाइँदै आएको छ । त्यसैबिच, १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्दको खोप लगाउने लक्ष्यसहित खोप आयात अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्या र संक्रमणको जोखिमलाई आधार मानेर बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने भएको हो ।

१२ देखि १८ वर्ष उमेर समुहमा लगाउन लागिएको खोप हाल विश्व बजारमा प्रयोग भइसकेको र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकाले बालबालिकाका लागि सुरक्षित रहेको मन्त्रालयको भनाइ छ ।

बालबालिकाका लागि मोर्डना र फाइजर खोप ल्याउने तयारी गरेको र खोप आयात प्रक्रिया अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।तोकिएका खोप ल्याएर मंसिर र पुसमा बालबालिकालाई लगाउन सरकारको तयारी समेत सुरु गरेको छ ।

सरकारले मोर्डना ४० र फाइजर ६० लाख डोज ल्याउने तयारी गरेको छ । खोप अभियानले तीव्रता पाएपछि नेपालमा कोरोना संक्रमणदर कम हुँदै गएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्