Logo

बिहानैदेखि सुरु गर्‍यो बुद्ध एयरले नियमित उडान



Spread the love

१२ असोज, काठमाडौँ। सोमबार बिहान प्राविधिक समस्या आएर ग्राउण्डेड गराइएको बुद्ध एयरको जहाज मंगलबार बिहानैबाट सञ्चालनमा आएको छ । बुद्ध एयरको ९ एन-एएनआइ कलसाइनको जहाजमा गडबडी नभेटिएपछि आज बिहानबाटै सञ्चालनमा आएको हो ।

 बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले निरीक्षण गरेर जहाजमा प्राविधिक गडबडी नरहेको बुद्ध एयरको प्राविधिक टोलीले जनाएको छ ।

सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको उक्त विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौंमा विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेपछि काठमाडौँको आकाशमा दुई घण्टासम्म घुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्