Logo

किन भयो त बेलायतमा इन्धनको अभाव



Spread the love

एजेन्सी। बेलायतमा ८ हजार भन्दा बढी पेट्रोल स्टेशनहरु छन् भने झन्डै ६ हजार पेट्रोल स्टेशन पूर्ण रुपमा सुख्खा अवस्थामा छन् । मानिसहरुले जेरिकिनमा इन्धन भरेर गाडीको बुटमा राखेको र प्लास्टिकको सपिङ ब्यागमा समेत तेल भरेको भिडियोले मानिसहरु कति आतंकित भएको स्पष्ट बुझ्न सकिन्छ ।

कोरोनाका कारण नयाँ चालक अनुमति पत्रमा भएको ढिलाई तथा ब्रेक्जिटका कारण युरोपियन मुलुकका कामदार फिर्ता हुनु जस्ता कारणले अहिले करिब ९० हजार लरी ड्राइभरको अभाव भएको अधिकारीहरुले बताएका छन् ।

मालसामान ढुवानीमा समस्या हुँदा इन्धनका साथै खाद्यान्न समेतको अभावका कारण कतिपय सुपरमार्केटहरु रित्तिएका छन् । बेलायतमा अझै कम्तिमा पनि एक साता इन्धन अभाव हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्