Logo

रद्द भयो विराटनगर र काठमाडौंबीचको खेल, अफ्रिदीको ब्याटिङ हेर्ने नेपाली दर्शकको सपना अधुरै



Spread the love

११ असोज, काठमाडौं । एभरेस्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल रद्द भएको छ । आइतबारको भारी वर्षाका कारण आज बिहान ९ बजेकाे लागि तय भएको विराटनगर र काठमाडौंबीचको खेल सुरू हुन नभइर्न रद्द भएको हाे।

पहिलो खेलमा जित निकालेको सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंका लागि आजको खेल महत्वपूर्ण रहेको थियो । यता, करण केसीको कप्तानीमा रहेको विराटनगरलाई पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने अवसर रहेको थियो ।

 पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले दुई खेल खेल्ने जनाए अनुरुप आज यो उनको अन्तिम खेल थियो ।

प्रतिक्रिया दिनुहोस्