Logo

दशैंका लागि आजबाट टिकट बुकिङ खुल्ला



Spread the love

११ असोज, काठमाडौं। आजदेखि दशैँमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका विभिन्न क्षेत्रबाट काठमाण्डौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला नगरिएको भए पनि यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ।

यसवर्षको अग्रिम टिकट बुकिङ खुलाका लागि नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीहरूको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्