Logo

साफ च्याम्पियनशिपका लागि नेपाली टोलीमा परेनन् विकेश र राजन



Spread the love

१० असोज, काठमाडौँ। साफ च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । किरण चेम्जोङको कप्तानीमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले घोषणा गरेका हुन् ।

नेपाली टोलिमा दिनेश राजवंशी, सुरज ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द रहेका छन् । यस्तै, गोलरक्षकमा किरण लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् ।

विकेथ कुथु र राजन गुरुङले टोलीमा स्थान बनाउन सकेनन् । आयोजक माल्दिभ्ससँग नेपालले शुक्रबार भिड्दै छ।

प्रतिक्रिया दिनुहोस्