Logo

ईपीएल – विराटनगर पराजित, चितवनको सुखद सुरुवात



Spread the love

१०, असोज, काठमाडौं । एभरेस्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा चितवनले विराटनगरमाथि २ विकेटको जित हात पारेको हो ।

विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा भेटायो। चितवनका लागि राजेश पुलामीले सर्वाधिक अविजित ४३ रन जोड्दा भीम सार्कीले ३० रन बनाए भने दिलीप नाथले २३ रनको योगदान दिए।

बलिङतर्फ विराटनगरका लागि सिकन्दर राजा र करण केसीले दुई/दुई विकेट लिदा प्रतिस जिसी, अनिल खरेल र रियन पठानले समान एकरएक विकेट हात पारे।

यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय पारी खेले भने सौरव खनालले अविजित ३० रनको योगदान गरे ।

बलिङतर्फ चितवनका लागि सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जनतले समान दुई/दुई विकेट हात पार्दा साहव आलमले एक विकेट लिएका लिए।

प्रतिक्रिया दिनुहोस्