Logo

एउटै प्रदेशमा ३४९ जना कोरोना सङ्क्रमित थपिए



२४ भदाै, विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६ मध्ये विराटनगरमा ४३, सुनसरीमा ७१, धनकुटामा छ, इलाम र उदयपुरमा चार÷चार, पाँचथर र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको हो ।

प्रदेशमा आजै ३५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७१ महिला र १८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्