Logo

भारतसँग हार्यो नेपाल



Spread the love

२० भदाै, काठमाडाैँ । भारतसँगको दोश्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । तीन दिनअघि भारतसँग बराबरी खेलेको नेपाल दोश्रो खेलमा २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको दोश्रो हाफको ६२ मिनेटमा भारतका फारूख चाैधरीले भारतलाई अग्रता दिलाए ।

त्यस्तै, खेलको ८० मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीको गोलसँगै भारतले २ गोलको अग्रता बनायो ।

नेपालका लागि ८७ मिनेटमा तेज तामाङले उत्कृष्ट गोल गरे । त्यसपछिको बाँकी रहेको समयमा गोल हुन नसक्दा भारत २–१ गोल अन्तरले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्