Logo

अमेरिकाको आँधीमा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु



Spread the love

१८ भदाै, काठमाडाैँ । अमेरिकाको न्यूयोर्कमा आएको आँधी र बाढीमा परि तीन जना नेपालीको मृत्यु भएको छ । अहिलेसम्म ४० जनाभन्दा बढीको ज्यान गइसकेको उक्त आँधीमा परी एकै परिवारमा तीन जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।

समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएको छ । वर्षा र आँधीका कारण प्रभावित भएकाहरूको उद्धार जारी रहेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन् ।

अहिले न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्