Logo

बराबरीमा सकियो नेपाल र भारतको खेल



Spread the love

१७ भदाै, काठमाडाैँ । नेपाल र भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको हो ।

पहिलो हाफ नेपालले अग्रता लिएको खेलको दोश्रो हाफमा भारतले बराबरी गोल फर्काउन सफल भयो । पहिलो हाफको ३६ मिनेटमा नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए । त्यस्तै, दोश्रो हाफमा भारतका लागि मिनेटमा अनिरूद्ध थापाले बराबरी गोल फर्काए ।

अब यही भदाै ५ गते भारत र नेपालबीच दशरथ रंगशालामै दोश्रो मैत्रीपूर्ण खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्