Logo

हिसाब-किताब !



Spread the love

 

लेखक – शिला अर्याल । नारी दिवस फाल्गुण २४ गते २०७४ सल्लेरी खबर ।

नारी दिवस
फाल्गुण २४ गते २०७४
सल्लेरी खबर ।

तिमीलाई याद छ साईला
हामी सानो छदा,
गाउ शहरमा
नारी दिवसका नारा घन्किनु अघि,,
एक महिना अगाडि हराएकी तिम्री दिदी
जङगलमा लास बनेर भेटिएकी,
छोरो जन्माइन भनेर
मेरी आमा घर निकाला भएकि,
खुशी हुँदै कोसेली लिएर
हामी साथी भेट्न जादा
उनी छाउघरबाटै बेपत्ता भएकि,
तिमीलाई याद छ साईला
हामी सानो छदा..
ठुली काकीलाई बोक्सिको आरोपमा
सारा गाउलेहरुले कालो मोसो दलेको,
दाईजो नलिएकी भएर ठुल्दिदी लाई
जिउदै मट्तितेल खन्याएर जलाएको,
धेरै पढेर पनि यस्को के काम भन्दै
मेरा बाबुले
कक्षा चार पढ्दा
मलाई स्कुलबाट घर फर्काएको,
चोखो जल खाएर पुन्य कमाइ
बिहे गरिदिएकि
माइली दिदी पनि त
एक बर्षमै
नाबालक टुहुरो छाडि मरेको,
तिमीलाई याद छ साईला
हामी सानो छदा…
अरुको लहलहैमा लागेर हामी
चार घण्टा हिंडेर
तल बजारमा पुग्थ्यौ,
त्यहा,
नेताका भाषाणहरुमा,
घन्किएका नाराहरुमा,
कती न्याय थियो उनिहरुको लागि
हाम्रो सानो दिमागले जानेन
तर,
आज हामी जान्ने हुँदा पनि
यी आँखाले त्यही द्रिश्य देख्छन
यी कानले त्यस्तै समाचार सुन्छन
ति भाषण हरु उस्तै छन
घन्किने आवाजहरु पनि उस्तै
त्यसैले,
केही क्रान्ति नहुँदा
ति आत्माहरु सन्तुस्ट नबनेका,
देश पनि कालो पर्दा भित्र बेरिन थाल्यो
धन कालो
मन कालो
कालो कालो छ सबै‘‘
गरीब पनि खै कस्तो खालको
ता कि कुनै नेता सामान्य बिरामी हुँदा
बिदेश पुगी अरबौ खर्च गर्न पुग्ने,
तर मेरी हजुरआमालाई
सिटामोल खान नपुग्ने,
तिमीलाई याद छ साईला
हामी सानो छदा…
तिम्रो हजुरबुवाले आफु शहिद हुनुअघि
बाडेका सपनाहरु…।।
तर,
आज ति सपनाहरु
सपना नै बनेर रातको कालो आकशमा
उडिरहन्छन
ति देश बेच्ने दलालहरुलाई
हामी जानेर पनि केही गर्न सकेनौ,
तर,
शहिद बनेका हजुरबुवाको आत्माले
के भनिरहेछ होला हामीलाई रुरु
तिमीलाई याद छ साईला
हामी सानो छदा….
कान्छा काकालाई बेपत्ता पारेपछी
हाम्रै आखाअघि
ति क्रान्तिकारीको खोल भिरेकाहरुले
कान्छी काकिलाई के के गरेर मारे‘।
उहा त भन्नुहुन्थ्यो मर्नुअघि नै
पहिला ति दलालहरुलाई
सखाप पार्नुपर्छ,
तर साइला,
हामी यसरी मौन बसेर पनि त भएन नि,
तिमी भैरवको अवतार बन,
म कालीको अवतार बन्छु,
अनि हामी सँगै
सबैसँग उहिअनुसाको हिसाबकिताब गरौला ।

 

 

 

प्रतिक्रिया दिनुहोस्