९ भदाै, काठमाडाैँ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफुले फेसबुकमा लेखेको स्टाटसले फेरि तरंग ल्याएको छ । उनले फेसबुकमा ‘आइ एम आउट, लेट्स पोलिटिक्स वर्क’ भन्दै लेखेको स्टाटसले तरंग ल्याएको हो ।
प्रशिक्षक अल्मुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद समाधान गर्न गठित समितिले प्रतिवेदन बुझाएको केही घण्टामा उनले यस्तो स्टाटस लेखेका हुन् । उनले फेसबुकमार्फत उक्त प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेको संकेत समेत देखिन्छ ।
प्रतिवेदनमा अल्मुताइरीको व्यवहारलाई समेत प्रश्न उठाएर उनको व्यवहार सुधार्नुपर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्