Logo

माधव नेपाल पक्षमा लागेका यी १० नेता अन्ततः एमाले मै फर्किए (नाम सहित)



Spread the love

८ भदाै, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा केही बेरअघि बैठक सुरू भएको हो ।

एमालेको उक्त बैठकमा माधव कुमार नेपाल पक्षका १० जना स्थायी कमिटी सदस्य पनि पुगेका छन् ।

नेपाल पक्षमा लागेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी भएका हुन् ।

यसअघिका बैठकमा उनीहरू अनुपस्थित थिए । उनीहरू सबैले सोमबार बालकोटस्थित ओली निवासमा पुगेर उनीसँग छलफल गरेका थिए । सो छलफलमा पार्टी अध्यक्ष ओली १० बुँदे सम्झौता कार्यान्वयन गर्न तयार भएको बताइएको छ ।

त्यसैगरी, माधव कुमार नेपाल पक्षको भेला भने आफू पक्षीय सांसदहरूलाई लिएर सोमबार साँझ चन्द्रागिरी हिल्स रिसोर्टमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्